काठमाडौं, असार २१
साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। यो साता सुनको मूल्य सात दिन नै बढेको छ। आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्य प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।



