वेबसाइटबाट हटायो रास्वपाले मुकुल ढकालको तस्बिर

images
  • 161
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    वेबसाइटबाट हटायो रास्वपाले मुकुल ढकालको तस्बिर
    images

    काठमाडौं, असार २१-

    राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा परेका महामन्त्री डा.मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।

    अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend