देवघाट गाउँपालिका अध्यक्ष थापा,उपाध्यक्ष गुरुङ र ५ वडा अध्यक्ष कुँवर आफैं उपस्थित भइ जनतालाई सहजीकरण गर्दै,

images
  • 476
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    देवघाट गाउँपालिका अध्यक्ष थापा,उपाध्यक्ष गुरुङ र ५ वडा अध्यक्ष कुँवर आफैं उपस्थित भइ जनतालाई सहजीकरण गर्दै,
    images
    देवघाट तनहुँ:अञ्जली बोटे
     
    तनहुँको देवघाट गाउँपालिकाको चक्रवती सामुदायिक बन भवनमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान कार्यक्रम संचालन भइ रहेको छ।
    286639511_130824866250803_3484705239693384729_n.jpg
     
    सोही स्थानमा पुगी देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङ र देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर राष्ट्रिय परिचयपत्र दर्ता अभियान कार्यक्रम स्थानमा उपस्थितभइ नागरिकहरुलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यको साथ सहजीकरण गर्नुभएको छ।साथै तनहुँको देवघाट गाउँपालिकाको चक्रवती सामुदायिक बन भवन,सीता सामुदायिक वन भवन र देउती सामुदायिक बनको भवनमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान कार्यक्रम संचालन भएको हुँदा नागरिकता प्रमाणपत्र प्राप्त सम्पुर्ण वडाबासी जनसमुदायहरुमा उक्त स्थानमा उपस्थित भइ राष्ट्रिय परिचयपत्र दर्ता गर्नु गराउनु हुन समेत अनुरोध गर्नुभएको छ।
    साथै:संलग्न कागजातहरु
    १) नागरिकता प्रमाणपत्र को सक्कल
    २)विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र सक्कल
    ३) बसाइँसराईको हकमा बसाइँसराई दर्ता प्रमाणपत्र सक्कल
     
     
     
     
     
     
     
     
     
     
    +8
     
     
    Sushma P. Gurung, Raju Neupane and 4 others
     
     
    2 Shares

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend