सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा २ कामदार पुरिए, १० जना घाइते

images
  • 241
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा २ कामदार पुरिए, १० जना घाइते
    images

    काठमाण्डाै –

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार आयाेजनाकाे बाँधतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा दुई जना कामदार पुरिएका हुन् । उनीहरूको खोजी भइरहेको छ ।

    यस्तै ढकाल खस्दा घाइते भएका १० जनालाई प्राथमिक उपचारपछि बाह्रबीसे अस्पताल पठाइएको छ । भोटेकोशी क्षेत्रमा अहिले ठूलो पानी परिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend