अवैध रूपमा सुनको कारोबार गर्ने घटनामा संलग्न एक जना पक्राउ

images
  • 188
    SHARES
  • आषाढ २२, २०८१ शुक्रबार
    अवैध रूपमा सुनको कारोबार गर्ने घटनामा संलग्न एक जना पक्राउ
    images

    काठमाण्डाै –

    ललितपुरमा अवैध रूपमा सुनको कारोबार गर्ने घटनामा संलग्न अर्का एक जना काठमाण्डाैबाट पक्राउ परेका छन् ।

    काठमाण्डाैकाे बसुन्धराबाट थप एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो । ललितपुरमा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा काठमाण्डाैमा रहेका अर्का व्यक्तिको पहिचान खुलेको हो । ती व्यक्तिबाट एक किलो सुन बरामद भएको सुवेदीले जानकारी दिनुभयो ।

    बरामद भएको सुन परीक्षण गर्न भने बाँकी छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका विजय सम्पथ छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend