चितवन,
नेपाल मगर महिला संघ चितवनको आयोजनामा आज असार २२ गते सनिवारका दिन नेपाल मगर संघको भवनमा महिला हिंसा तथा सचेतना अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो।
सो कार्यक्रममा मगर समुदायका २५ जना प्रशिक्षार्थी सहभागी रहेको थियो भने प्रशिक्षक अधिवक्ता प्रिङ्का थापाले प्रशिक्षण दिएको नेपाल मगर महिला संघ चितवनका सचिव लक्ष्मी थापामगरले जानकारी दिनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर महिला संघ केन्द्रीय समिति साँस्कृतिक उपाध्यक्ष देबी थापामगर,बिशिष्ट अतिथि नेपाल मगर संघ जिल्ला समिति चितवन अध्यक्ष ठाकुर सिंह आलेमगर,नेपाल मगर संघ केन्द्रिय समिति अनुशासन बिभागका सदस्य काशीमाया रानामगर,अतिथि प्रशिक्षक अधिवक्ता प्रिङ्का थापा,नेपाल मगर विद्यार्थी संघ चितवन अध्यक्ष मिलन पाटामगर,नेपाल मगर साँकृतीक संघ चितवनका अध्यक्ष प्रेम कुमारी आलेमगर लगायतको उपस्थिति रहेको थियो भने नेपाल मगर महिला संघका अध्यक्ष रुकु रानामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



