पहिरोमा परी एकको मृत्यु, तीन घाइते

images
  • 294
    SHARES
  • आषाढ २६, २०८१ मंगलबार
    पहिरोमा परी एकको मृत्यु, तीन घाइते
    images

    रुकुम पूर्व ।

    रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend