रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने

images
  • 188
    SHARES
  • आषाढ २६, २०८१ मंगलबार
    रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने
    images

    काठमाडौं।

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएको छ ।मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले  ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार पार्टीको हितविपरीत काम गरेको, स्पष्टीकरणमा विधि र प्रक्रिया नपुर्‍याएको भन्दै उनलाई पदमुक्त गरिएको हो । तर, उनलाई साधारण सदस्यबाट भने हटाइएको छैन ।यसअघि आन्तरिक प्रतिवेदनका विषय मिडियामा चुहाएर पार्टीलाई बदनाम गरेको भन्दै अनुशासन समितिले साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो ।

    अनुशासन समितिले ढकालबाट पार्टीको हितविपरीत काम भएको भन्दै साधारण सदस्य पनि नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।साधारण सदस्य पनि नहरने गरी हदैसम्मको कारवाही गर्नेपर्ने सिफारिस अनुशासन समितिले गरेको सांसद सोविता गौतमले जानकारी दिइन् ।‘उहाँलाई साधारण पनि नहरने गरी हदैसम्मको कारवाही गर्नुपर्छ भनेर अनुशासन समितिले सिफारिस गरेको थियो,’ गौतमले भनिन्, ‘तर केन्द्रीय सदस्यको राय साधारण सदस्य कायम राखौं, पदीय जिम्मेवारीबाट मुक्त गरे हुन्छ । साधारण सदस्यबाट पनि पदमुक्त गर्नु हुँदैन भन्ने आएपछि साधारण सदस्य कायम राखेका हौं ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend