देवघाट
तनहुँको देवघाट गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । असार २५ गते मंगलबार गाउँपालिकाको सभा हलमा बसेको १४ औं अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले घोषणा गरे ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाले गौरवको योजना सहित स्वर्णिम योजना समावेश गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ७८ लाख ८८ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट पारित गर्नुअघि छलफल चलाइएको थियो ।

मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको उक्त बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मतले पारित गरेको छ ।



