दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

images
  • 727
    SHARES
  • आषाढ २७, २०८१ बुधबार
    दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता
    images

    तनहुँ ।

    बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन् ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend