जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

images
  • 165
    SHARES
  • आषाढ २८, २०८१ बिहीबार
    जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
    images

    धनकुटा –

    धनकुटाको शहीदभूमि गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् ।

    जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा शहीदभूमि गाउँपालिका–७ गैरीटोलका सात जना बिरामी परेका प्रहरीले जनाएको छ । हिजो बेलुका च्याउको तरकारी खाएर सुतेका ६३ वर्षीया इन्द्रकमला राईसहित सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयो ।

    बिरामी सबैको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend