काठमाण्डाै –
निर्माण व्यवसायीहरूले सरकारसँग ६० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको दाबी गरेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षको गरी ६० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको जानकारी गराएको हो ।
असार मसान्त भइसक्दासमेत सरकारले रकमान्तर र भुक्तानी फुकुवा नगरेका कारण ठूलो मात्राको रकम अझै निकासा हुन नसकेको हो । प्रधानमन्त्री र मन्त्रीहरूको पटक–पटकको प्रतिबद्धता विपरीत असार मसान्तमा समेत अर्बाैँ रकम भुक्तानी नपाएको उनीहरूले गुनासो गरेका छन् ।



