सहकारी क्षेत्रका कानुन सुधार, संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयकाे सुझाव

images
  • 179
    SHARES
  • आषाढ २८, २०८१ बिहीबार
    सहकारी क्षेत्रका कानुन सुधार, संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयकाे सुझाव
    images

    काठमाण्डाै –

    अर्थ मन्त्रालयले सहकारी क्षेत्रका कानुन सुधार, संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न सुझाव दिएको छ ।

    आज बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद घिमिरेलगायतले समितिलाई सहकारीमा भएका कानुनी सुधार र संस्थागत परिचालन र संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न सुझाव दिनुभएको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    सभापति थापाले सहकारीमा नियमनकारी निकाय कमजोर भएको अवस्थामा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको देखिएको पनि बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend