‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय

images
  • 229
    SHARES
  • आषाढ २९, २०८१ शुक्रबार
    ‘रेड जोन’ मा रात्रिकालीन यातायात सञ्चालन नगर्ने निर्णय
    images

    काठमाडौँ।

    मौसम विभागले 'रेड अलर्ट' जारी गरेका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।शुक्रबार गृह मन्त्रालयमा यातायात व्यवसायीसँग भएको छलफलमा 'रेड अलर्ट' जारी भएका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लािमछानेले जानकारी दिए ।

    आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको थियो ।धेरै पानी परेको र पहिरो जानेजस्तो सम्भावना भएका ठाउँलाई रेड जोनमा राखिने उनले बताए । 

    मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र (रेड जोन) तोक्ने गर्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend