महावीर पुन एक सातादेखि चितवनमा:चितवन मगर संघद्वारा भव्य स्वागत

images
  • 149
    SHARES
  • आषाढ ३१, २०८१ आइतबार
    महावीर पुन एक सातादेखि चितवनमा:चितवन मगर संघद्वारा भव्य स्वागत
    images
     
    नारायणगढ ।
    पुस्तक बिक्री गर्ने अभियानमा हिँडेका राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालन डा महावीर पुनलाई चितवनमा भव्य स्वागत गरिएको छ । चितवनवासी मगर समुदायले शनिबार नारायणगढमा स्वागत तथा सम्मानसँगै पुस्तक खरिद गरेर सहयोग गरेका हुन् । वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यसहित पुस्तक प्रकाशन गरेपछि त्यसैको बिक्रीबाट आर्थिक सङ्कलन गर्दै पुन चितवन आइपुगेका हुन् ।
    451060230_462914423041844_7182947602268846075_n.jpg
    पश्चिमका सबैजसो जिल्ला घुमेपछि गतसातादेखि उनी चितवनको बजार डुलिरहेका छन्न । सोही क्रममा शनिबार नेपाल मगर संघ, नेपाल मगर महिला संघ, नेपाल मगर साँस्कृतिक संघ, नेपाल मगर विद्यार्थी संघलगायतका संघसंस्थाले कार्यक्रम आयोजना गरेर डा पुनलाई मगर परम्पराअनुसारको सम्मान दिएका हुन् ।
    डा पुन विगत १६६ दिनदेखि आफ्नै आत्मकथा ‘महावीर पुन’को बिक्री गर्दै हिँडिरहेका छन् । पश्चिम नेपालका सबै जिल्ला घुमेर चितवन आएका पुनले हालसम्म एक लाख १५ हजार प्रति पुस्तक बिक्री गरिसकेका बताए । नेपाल मगर संघको हलभित्र करिब आधा घण्टामा ९२ थान पुस्तक बिक्री गरेका थिए । पश्चिम चितवनको माडीदेखि जगतपुर, शुक्रनगर, गोलाघाट, मेघौली, चनौली, गुञ्जनगर, धर्मचोक हुँदै नारायणगढ आइपुगेका पुनले भरतपुर-नारायणगढ क्षेत्रमा अझै चार दिन पुस्तक बिक्री गर्ने तालिका रहेको सुनाए ।
    डा पुनले नेपालमा सरकारमात्र नभई जनतामा समेत सकारात्मक चेत नहुँदा आफूले आफ्ने कथा लेखेर बेच्नु परेको तीतो यथार्थ सुनाए । ‘सरकारले हामीलाई कारखाना चलाइदेऊ भनेपछि त्यो चुनौतीलाई सामना गर्न हामी तयार भयौँ,’ उनले भने, ‘तर, सरकारसँग भएको सम्झौताअनुसार सरकारले हामीलाई सहयोग गरेन । त्यसैले कारखाना चलाउनको लागि पैसा सङ्कलन गर्ने उद्देश्यसहित मैले आफ्नै जीवनभोगाइ लेखेँ ।’
    450877449_462914526375167_6105226900978657603_n.jpg
    सरकारसँग राष्ट्रिय आविष्कार केन्द्रले प्राविधिक सहयोग गर्ने र सरकारले अर्थ लगानी गर्ने विषयमा सम्झौता भएको उनले बताए । तर, कारखाना सञ्चालनको लागि सरकारले बजेटसमेत दिन नसक्ने भएपछि आफैँ कस्सिएर देश दौडाहामा लागेको उनको भनाइ छ । ‘कम्तिमा नेपालको कूल जनसङ्ख्याको एक प्रतिशत जनताले मात्रै मेरो पुस्तक किनिदियो भने पनि तीन लाख प्रति बिक्री हुन्छ,’ उनले भने, ‘त्यति पुस्तक बेच्दा खर्च कटाएर करिब २० करोड रूपैयाँ बचाउन सकिन्छ । त्यसैले यो महाअभियान लिएर हिँडेको हुँ ।’
    450941216_462914609708492_8866003770718412921_n.jpg
    पोखरामा रहेको जग्गा र आफूलै पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार बिक्री गर्न खोज्दासमेत बिक्री नभएपछि बाध्यताले पुस्तक लेखेको उनले बताए । ‘म पुस्तक लेख्न साह्रै अल्छि मान्ने मान्छे हुँ । तर, मैले पाएका पुरस्कार र मेरो नाममा रहेको जग्गा बिक्री नभएपछि म बहुलाएँ । र, आफ्नै कथा लेखेँ ।’ देशभर एक प्रतिशत जनताकै भरोसा गरेर पुस्तक बिक्रीमा हिँडेको उनको भनाइ छ ।
    450864845_462914753041811_7111850710622958757_n.jpg
    ‘मेरो सपना र मैले दिन खोजेको सन्देश कम्तिमा एक प्रतिशत जनतालाई त काम लाग्ला भन्ने सोचेरै चुनौती मोलेको हुँ,’ उनी थप्छन्, ‘त्यो चुनौती पूरा होला जस्तो पनि छ । किनभने सबैले मलाई माया गरिदिनभएको छ । मेरो अभियानमा पुस्तक किनेर जोडिदिनुभएको छ ।’ राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाएको कृषि औजार कारखाना सरकारकै कारखाना भएको हुँदा पुस्तक बिक्रीबाट आएको रकम सोही कारखाना सञ्चानलनमा खर्च गरिने उनले प्रष्ट्याए ।
    451242234_462914843041802_7962940886661064096_n.jpg
    ‘३० वर्षदेखि बन्द भएर बसेको कारखाना पुनः सञ्चालनमा ल्याउनु भनेको चानचुने कुरा होइन,’ उनले भने, ‘तर, सरकारलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ हामीले जिम्मा लियौँ । र, २५ जना जनशक्तिलाई ११ महिना लाग्यो सञ्चालनमा ल्याउन ।’ अहिले उक्त कारखाना सञ्चालनमा आइसकेको बताउँदै कारखानाबाट उत्पादिन यन्त्र उपकरण केही महिनाभित्र बजारमा ल्याउन सकिने उनको भनाइ छ ।
    451005166_462914969708456_5415031830059032963_n.jpg
    ‘कतिले मेरो अभियानलाई पत्याएकै थिएनन्, पत्याउन् पनि कसरी ? न मेरो जागिर छ, न पैत्रिक सम्पत्ति,’ उनी भन्छन्, ‘केही नभएको सुकुमबासीले कारखाना चलाउँछु भन्दा सुन्नेहरू पनि हाँस्ने नै भए । तर, त्यसरी हाँस्ने र मेरो कुरा नपत्याउनेहरूले अबको एक वर्षभित्र काम देख्नुहुने छ ।’
    451003877_462915023041784_7155705546177734239_n.jpg
    नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले विशुद्ध समाज र देशको लागि महान अभियान बोकेर हिँड्ने जोकसैलाई खुलेर सहयोग गर्न सबैलाई आग्रह गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend