नारायणगढ ।
नेपाल मगर विद्यार्थी संघ चितवनले शनिबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु थापाले ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय सवारीसाधन चलाउने युवा शक्ति बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत उत्तिकै हुने हुँदा ट्राफिक सचेतना आवश्यक रहेको उनले बताए । मगर विद्यार्थी संघ चितवनका अध्यक्ष मिलन पाटामगरले ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण हरेक नागरिकलाई आवश्यक परेको हुँदा विद्यार्थीले यसपटक प्रहरीसँगको कार्यक्रम आयोजना गरेको बताए ।

नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले हरेक क्षेत्रमा अनुशासन आवश्यक पर्ने हुँदा सवारी सञ्चालनमा पनि अनुशासनको पालना आवश्यक हुने बताए । आफू पनि नेपाल प्रहरी सेवाबाटै अवकाश प्राप्त व्यक्ति भएको बताउँदै उनले भने, ‘धेरै ठाउँमा अनुशासनको पालना भएको देखिँदैन । तर, अनुशासन अत्यन्तै जरूरी विषय हो ।’



