ज्ञानज्योति पुस्तकालयद्वारा छन्द कविता वाचन

images
  • 197
    SHARES
  • आषाढ ३१, २०८१ आइतबार
    ज्ञानज्योति पुस्तकालयद्वारा छन्द कविता वाचन
    images

     नारायणगढ ।

    धर्मचोकस्थित ज्ञानज्योति पुस्तकालयले आदिकवि भानुभक्त आचार्यको २२१औँ जन्मजयन्तीको अवसरमा छन्द कविता वाचन गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीसहित १४ जनाले कविता वाचन गरेका थिए । कसैले भानुभक्तकै कविता सुनाएका थिए भने कसैले आफ्नै छन्द रचना सुनाएका थिए । नेपाली साहित्य र नेपाली इतिहासलाई जीवन्त तुल्याउन र नयाँ पुस्तामाझ जानकारी राखिराख्नको लागि पनि पुस्तकालयले कार्यक्रम गरेर भानु जयन्ती मनाएको पुस्तकालयका अध्यक्ष गोविन्दराज खरेलले जानकारी दिए ।3dbf256d-f18e-496a-b3e3-8782ca96828b.jpeg

    कार्यक्रममा लक्ष्मी वैकुण्ठनाथ मन्दिर लङ्कूका पीठाधीश स्वामी श्री १००८ जगन्नाथाचार्यले पुस्तकालयमार्फत समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्ने हुँदा पुस्तकालयको गतिविधि समाज केन्द्रित हुनुपर्ने बताए । ‘पुस्तकालय भनेपछि हरेक स्रष्टाका कृति आवश्यक पर्छ,’ उनले भने, ‘जुन हरेक वर्ग र उमेर समूहका व्यक्तिलाई पनि पढ्न मिलोस् ।’ पुस्तकालयका निवर्तमान अध्यक्ष कलाधर अर्यालले साहित्य सिर्जनाले उत्पीडनमा परेका समुदाय र व्यक्तिको उद्धार भएको उदाहरण दिँदै स्वअध्ययनबाट समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने बताए ।

    e9fbcd26-8fdf-4e97-a4f8-bd3ebb358917 (1).jpeg

    पुस्तकालयको व्यवस्थान राम्रो भएको समाज चेतनशील हुने हुँदा समाज निर्माणको लागि पनि पुस्तकालयको प्रमुख दायित्व हुने उनको भनाइ छ । कार्यक्रम संयोजक डा मनोज कँडेलले भने पुस्तकालय समुदायकै हितको लागि स्थापना भएको हुँदा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । ‘यो पुस्तकालय सबैको साझा सम्पत्ति हो । त्यसकारण हाम्रो भूमिका जति छ, यहाँहरूको पनि उत्तिकै छ,’ उनले भने । पुस्तकालय सिर्जना गर्ने चौतारी भएको हुँदा यही पुस्तकालयमार्फत साहित्य सिर्जना गर्न सकिने उनले बताए । नयाँ कार्यसमिति आएपछि आयोजना गरेको पाहिलो साहित्यिक कार्यक्रममा सहभागी भई छन्द कविता वाचन गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend