'घरज्वाइँ' ले दुई दिनमा गर्‍यो डेढ करोड ग्रस कलेक्सन

images
  • 297
    SHARES
  • आषाढ ३२, २०८१ सोमबार
    'घरज्वाइँ' ले दुई दिनमा गर्‍यो डेढ करोड ग्रस कलेक्सन
    images

    प्रदर्शनरत फिल्म ‘घर ज्वाइँ’ले सुरुवाती दुई दिनमा १ करोड ५१ लाखको व्यापार गरेको छ ।

    वितरक कम्पनी आरर फिल्मस्ले आइतबार शुक्रबार र शनिबारको ग्रस कलेक्सन संयुक्त रूपमा सार्वजनिक गरेको हो ।आरर फिल्मस् रोहित कट्टलले भने, ‘प्राविधिक कारण हामीले संयुक्तरुपमा ग्रस कलेक्सन निकालेका हौँ ।’ दयाहाङ राई र मिरुना मगर केन्द्रीय भूमिकामा रहेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ ।

    शुक्रबारको तुलनामा शनिबार हलमा दर्शकको उपस्थिति बाक्लो थियो । आइतबार पनि अपेक्षितरुपमा दर्शक हलमा पुगेको निर्माण पक्षको दाबी छ ।पूर्वी रुकुममा छायांकन भएको यो फिल्म मगर समुदायको कथामा आधारित छ । यसमा घर ज्वाइँ बस्दा देखिने उत्तारचढवालाई निर्देशक एवं लेखक अनिल बुढा मगरले कुशल ढंगले पर्दामा उतारेका छन् ।निर्देशक मगरलाई पटकथा एवं संवाद लेखनमा सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका हुन् ।

    जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend