चौकिडाँडा सामुदायिक वनद्वारा वृक्षारोपण

images
  • 275
    SHARES
  • आषाढ ३२, २०८१ सोमबार
    चौकिडाँडा सामुदायिक वनद्वारा वृक्षारोपण
    images
     
    देवघाट,
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको चौकिडाँडा सामुदायिक वन उपभोक्त समुहको आयोजनामा आज बगन्दी दोभान पाखाँमा वृक्षारोपण गरिएको छ।
    451452942_463979632935323_8338268841678314150_n.jpg
    सामुदायिक वन भित्र पर्ने बगन्दी दोभान पाखाँको करिब ८ रोपनी क्षेत्रफलमा चाँप१५०,तेजपट्टा ५०,जामुन ४०,अमला २०,पारिजात १० र वरपिपल १/१ वटा गरि करिब ४ सय विरुवा वृक्षारोपण गरेको सामुदायिक वनका उपाध्यक्ष अंकबहादुर गुरुङ(अर्जुन)ले जानकारी दिएको थियो।451167826_463979769601976_8715581430180091405_n.jpg
     
    कार्यक्रममा सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण भट्ट,सव-डिभिजन कार्यालय देवघाटका प्रविधिक लक्ष्मण थापा,सामुदायिक वनका अध्यक्ष एकमाया गुरुङ (कुमारी), सचीव चादाँनी थापा,कोषाध्यक्ष कृष्णबहादुर थापा,अनुगमन समितिका संयोजक कर्णबहादुर थापा,सदस्य टकबहादुर थापा,गौरी भुजेल लगायतको उपस्थित रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend