एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

images
  • 177
    SHARES
  • श्रावण १, २०८१ मंगलबार
    एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता
    images

    काठमाण्डाै –

    फ्रान्सका युवा फुटबलर केलियन एम्बाप्पेले स्पेनी क्लब रियल मड्रिडसँग ५ वर्षकाे सम्झौता गरेका छन् । क्लबका अध्यक्ष फ्लोरेन्तिनो पेरेज र फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले आजसम्झौता हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअघि एम्बाप्पेको मेडिकल जाँच भएको थियो । मेडिकल जाँच पास भएपछि उनलाई ८० हजार जना दर्शकको अघि मड्रिडको सान्टियागो बर्नबेउ स्टेडियममा उपस्थित गराइएको थियो । उनले ९ नम्बरको जर्सी लगाउनेछन् । एम्बाप्पेले रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले जस्तै सुविधा पाउनेछन् ।

    यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा रहेका एम्बाप्पेले टोलीका लागि सबैभन्दा धेरै २ सय ५६ गोल गरेका छन् ।

    एम्बाप्पेले सन् २०२९ सम्म रियल मड्रिडमा रहँदा हरेक सिजन १५ मिलियन युरो पाउनेछन् । यस्तै ५ वर्षे सम्झौता अवधिमा १ सय ५० मिलियन बोनसका साथै तस्बिरको कपिराइट बापतको रकम पनि उनले पाउनेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend