छोराबुहारीले जंगलमा छाडिदिएको वृद्ध बुवालाई चार दिनपछि उद्धार

images
  • 121
    SHARES
  • श्रावण १, २०८१ मंगलबार
    छोराबुहारीले जंगलमा छाडिदिएको वृद्ध बुवालाई चार दिनपछि उद्धार
    images

    विराटनगर ।

    मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर  एक वृद्धलाई छाडिदिएको आरोप लागेको छ ।  ती वृद्धलाई  वनकर्मीले उद्धार गरेको जनाएका छन् । 

    बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् । 

    वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend