बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकाे आग्रह

images
  • 133
    SHARES
  • श्रावण २, २०८१ बुधबार
    बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकाे आग्रह
    images

    काठमाण्डौ –

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

    उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि बधाई तथा शुभकामना दिन चाहनेहरुलाई भेटेर खादा र माला दिनुको सट्टा सकेसम्म म्यासेन्जरको प्रयोग गरी सन्देश पठाउन आग्रह गर्नुभएको हो ।

    `विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ´, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

    गएको असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।

    प्रधानमन्त्रीसँगै नवनियुक्तमन्त्रीहरुलाई बधाई तथा शुभकामना दिन सिंहदरबारमा  शुभेच्छुकहरुको चहलपहल धेरै छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend