मधु सामुदायिक वन आयोजनामा नौमती बाजा बजाउने तालीम सम्पन्न: गाउँपालिका अध्यक्ष थापाद्वारा बाजा हस्तान्तरण

images
  • 244
    SHARES
  • श्रावण ३, २०८१ बिहीबार
    मधु सामुदायिक वन आयोजनामा नौमती बाजा बजाउने तालीम सम्पन्न: गाउँपालिका अध्यक्ष थापाद्वारा बाजा हस्तान्तरण
    images
     
    देवघाट,
    तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहले गरिवी निवारण तथा आयआर्जनका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–५ मा स्थानीय स्तरमा परम्परागत नौमती बाजा बजाउने १० दिने तालिम समापन भएको छ ।451771803_465640389435914_3355578242541002330_n.jpg
     
    सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले नौमती बाजा बजाइ उद्घाटन गरेका थिए।भने रातमाटे सुन्दरबस्ती टोल विकास संस्थालाई अध्यक्ष थापाद्वारा नौमती बाजा हस्तान्तरण गरिएको थियो।451609650_465640312769255_3695617021773456259_n.jpg
     
    मधुबन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य यामबहादुर मगर,सव-डिभिजन वन कार्यालय देवघाटका प्रविधिक लक्ष्मण थापा,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपाने,प्रशिक्षक धनबहादुर परियार,रातामाटे सुन्दरबस्ती टोल बिकासका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।451953991_465642206102399_35525308734019198_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend