विष्णु शैया मन्दीर देवघाटमा ३ महिने नि:शुल्क योग तथा ध्यान प्रशिक्षण शिविर सुरु

images
  • 312
    SHARES
  • श्रावण ३, २०८१ बिहीबार
    विष्णु शैया मन्दीर देवघाटमा ३ महिने नि:शुल्क योग तथा ध्यान प्रशिक्षण शिविर सुरु
    images
     
    देवघाट,
    451329635_465673616099258_2260874528171071264_n.jpg
    शैया बिष्णु मन्दिर देवघाट को आयोजनामा र दीर्घायु नेपाल देवघाट शाखाको सक्रियतामा आज २०८१ श्रावण ३ गते देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यमा ३ महीने नि:शुल्क योग तथा ध्यान प्रशिक्षण शिविर सुरु भएको छ । उक्त कार्यक्रम का प्रमुख अतिथिको आसन बाट बोल्दै आजको संसार अप्राकृतिक जीवन शैलिमा आकर्षित भएको अवस्थामा योग र ध्यान द्वारा मात्र प्राकृतिक जीवन शैलीमा जिउन सकिने भन्दै सबै देवघाट बासी हरुले योग तथा ध्यान अभ्यास गर्नुहोला शिविरमा भाग लिनु हुन अपील गर्दै गाउँपालिकाको तर्फ बाट पूर्ण रूपले सहयोग गर्ने वचन दिनु भएको छ ।452000146_465673592765927_6466919174144092502_n.jpg
     
    यसै कार्यक्रम को परिचय दिँदै दीर्घायु नेपालको केन्द्रीय कार्य समितिका संरक्षक डा. लक्ष्मीकान्त पाण्डेयले योग तथा ध्यान को अभ्यास गरेर रोगीलाई निरोगी बनाउन र निरोगिलाई सधैं स्वस्थ्य भई बाँच्ने कला सिकाउन नि: शुल्क ३ महीने योग तथा ध्यान प्रशिक्षण शिविर राखिएको हो यसबाट स्थानीय बासी सबैले स्वास्थ्य लाभ लिनुहोला भन्ने जानकारी गराउनु भएको छ ।451750216_465673666099253_9076563783424209510_n.jpg
     
    योग तथा ध्यान प्रशिक्षण शिविर दैनिक दिउँसो १:३० देखि २:३० सम्म नि: शुल्क योग तथा ध्यान साधना सञ्चालन हुने हुँदा इच्छुक महानुभाबहरुलाई आमन्त्रण समेत गरिएको छ ।
    कार्यक्रम अध्यक्ष स्वामी श्री मधुसूदनाचार्य ज्यूले सहभागी सबैलाई साधुबाद प्रकट गर्दै अधिकतम देवघाट बासीले यस शिविरको लाभ लिउन भन्ने शुभ आशीर्वचन सहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend