सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन पाकिस्तानका

images
  • 76
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन पाकिस्तानका
    images

    पाकिस्तानका चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षकाे उमेरमा निधन भएको छ । 

    aamir_liaquat_UXR0qbYgG2.jpg

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उहाँको मृत्यु भइसकेको बताएका थिए । 

    हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उहाँको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ । 

    भर्खरै मात्रै आमिर लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिनुभएको थियो, जसका कारण उहाँले देश छाड्ने घोषणा गर्नुभएको थियो । 

    धार्मिक टीभी कार्यक्रम 'आलम अनलाइन' बाट चर्चित डा. आमिर लियाकत हुसैन सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बन्नुभएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend