काभा महिला भलिबलमा नेपालले आज राति किर्गिस्तानसँग खेल्दै

images
  • 189
    SHARES
  • श्रावण ४, २०८१ शुक्रबार
    काभा महिला भलिबलमा नेपालले आज राति किर्गिस्तानसँग खेल्दै
    images

    काठमाण्डाै –

    २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले आज राति दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति सवा ९ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

    यसअघि हिजो भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको थियो । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगितामा नेपालले लिगको तेस्रो तथा अन्तिम खेलमा भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

    प्रतियोगितामा नेपालसहित माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend