नेपाल राष्ट्रिय शिक्षक संगठन देवघाट द्वारा गाउँपालिकालाई ज्ञापनपत्र

images
  • 253
    SHARES
  • श्रावण ४, २०८१ शुक्रबार
    नेपाल राष्ट्रिय शिक्षक संगठन देवघाट द्वारा गाउँपालिकालाई ज्ञापनपत्र
    images

    देवघाट,

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन २०३६ सालमा स्थापना भएको हो भने नेपालको शैक्षिक आन्दोलन तथा पेसागत हक, हितको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन देवघाटका अध्यक्ष देउराम सारुमगरले देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरलाई ज्ञापनपत्र बुझाएको छ।452076198_466241966042423_1443164587417510395_n.jpg

    नेपालमा राजनैतिक परिवर्तन एवम् लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न नेपाली शिक्षकहरूको छाता सङ्गठनको रुपमा यसले खेलेको भूमिका उल्येखनीय रहेको बताउदै मुलुकमा नयाँ संविधान जारी भएको ९ बर्ष बितिसक्दा पनि शिक्षा ऐन जारी गरिएको छैन। शिक्षकहरू माथि चौतर्फि हमला मात्र गरिएको हुँदा शिक्षक माथि दरवन्दी मिलानको नाममा, प्रधानाध्यापक व्यबस्थापनका नाममा, विद्यालय व्यबस्थापन समिति गठनको नाममा, विद्यालय मर्जको नाममा वा विग स्कूलको नाममा ज्यादती बढ्‌दै गएको दावी समेत ज्ञापनपत्र उल्लेख गरिएको छ।452116313_466241942709092_7616677101458376917_n.jpg

    सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,गाउँपालिकाका निमित्त प्रमुख गोविन्दप्रसाद पौडेल,गाउँपालिका पर्यटन शाखाका होमबहादुर भाराती,नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका लेखा समिति खेमराज खतिवडा,नेपाल राष्ट्रिय शिक्षक संगठन देवघाट उपाध्यक्ष दिपेन्द्र नेपाल र नेपाल राष्ट्रिय शिक्षक संगठन देवघाटका सचीव राजु गिरि लगायतको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend