हाइलक्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

images
  • 197
    SHARES
  • श्रावण ६, २०८१ आइतबार
    हाइलक्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    images

    पोखरा ।

    पोखरामा मोटरसाइकल र हाइलक्स गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।पोखरा ६ हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक २६ वर्षका ईश्वर परियारको मृत्यु भएको हो ।

    दुर्घटनापछि उनी गम्भीर घाइते थिए । उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend