देवघाट ५ वडा कार्यालयद्वारा वगन्दीमा नि:शुल्क स्वास्थ्य सहुलियत कार्ड वितरण

images
  • 209
    SHARES
  • श्रावण ६, २०८१ आइतबार
    देवघाट ५ वडा कार्यालयद्वारा वगन्दीमा नि:शुल्क स्वास्थ्य सहुलियत कार्ड वितरण
    images

    देवघाट,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ र नयाँ मेडिकल कलेज(सिएमसी) भरतपुर बीच चैतमा सम्झौता भए अनुरुप आज वगन्दी टोल बिकासमा करिब ५५ जनालाई स्वास्थ्य सहुलियत कार्ड निशुल्क वितरण गरिएको छ।452207428_466980792635207_8636017102654768394_n.jpg

    सो कार्ड बाट नयाँ मेडिकल कलेज(सिएमसी) भरतपुरमा ओपिडी टिकट देखी अन्य उपचारमा २० प्रतिशात छुट र औषधिमा ७ प्रतिशात छुट रहने देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्णबहादुर कुंवरले बताएका थिए। उक्त सहुलियत कार्ड बनाउन कुनै शुल्क समेत नलाग्ने र ५ नम्बर वडाको २१ वटा टोल बिकास संस्था भित्रका सबै बासिन्दाहरुलाई क्रमिक रुपमा वितरण गर्ने समेत बताएका छन्।452177712_466980975968522_8684601599306528933_n.jpg

    सो कार्यक्रम ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,सरस्वती परियार,यामबहादुर मगर,५वडा सचीव पविता खनाल,नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारी,नेपाली काङ्ग्रेस देवघाट सचीव भरत आचार्य,नेपाली काङ्ग्रेस देवघाट ५ का सभापति सोमनाथ ढकाल,चौकी डाँडा सामुदायिक वनका अध्यक्ष कुमारी गुरुङ,सोलिघोप्टे सामुदायिक वनका अध्यक्ष टमबहादुर गुरुङ लगायतको उपस्थिति रहेकोे थियो।451870609_466981052635181_2906387514483990808_n.jpg452204548_466981142635172_6444385119077357948_n.jpg451874663_466982192635067_5092434928010538356_n.jpg452252181_466982382635048_2023069905407204536_n.jpg451867045_466982562635030_440638455917274161_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend