देवघाट ५ वडा कार्यालय संग वगन्दी टोल र सोलिघोप्टे बासी बीच अन्तरक्रिया

images
  • 289
    SHARES
  • श्रावण ६, २०८१ आइतबार
    देवघाट ५ वडा कार्यालय संग वगन्दी टोल र सोलिघोप्टे बासी बीच अन्तरक्रिया
    images

    देवघाट,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालय र वगन्दी टोल बिकास संस्था र सोलिघोप्टे बासिन्दा बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।451875192_466985535968066_2638735101577050747_n.jpg

    सो अन्तरक्रिया कार्यक्रममा वगन्दी टोल बिकास अन्तर्गतका चौकी डाँडा सामुदायिक वनका अध्यक्ष कुमारी गुरुङले बगन्दी स्वस्थ्य चौकी बाट प्रवाह हुने सेवालाई चुस्त राख्न ध्यानाकर्षण गराएको थियो भने सोलिघोप्टे सामुदायिक वनका अध्यक्ष टम बहादुर गुरुङ बगन्दीको बाटो र कर्तव्यको बाटोको बिषयमा ध्यानाकर्षण गराएको थियो।451872248_466986069301346_4192428416904591381_n.jpg

    साथै सोमबहादुर गुरुङले आधारभुट विद्यालयको गुणस्तरको बिषयमा ध्यानाकर्षण गराएको थियो भने बगन्दीमा खानेपानी समस्याको बिषयमा युबराज गुरुङले ध्यानाकर्षण गराएको थियो।451873907_466986212634665_3184176922400958454_n.jpg

    कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्णबहादुर कुंवर र ५ वडा सचीव पविता खनालले वगन्दी टोल बिकास र सोलिघोप्टे बासिन्दा बाट अन्तरक्रिया कार्यक्रममा उठेका बिषयवस्तुहरु माथी प्रष्ट पारेका थिए। साथै गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष कुंवरले बगन्दी र सोलिघोप्टे गाउँको बिकासलाई पहिलो प्राथमिकतामा राखेको बताउदै गाउँपालिका,प्रदेश र केन्द्र सरकार संग बजेको पहल गर्ने समेत बताए।452321425_466985325968087_6269715411256549881_n (1).jpg

    सो कार्यक्रम ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,सरस्वती परियार,यामबहादुर मगर,नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारी,नेपाली काङ्ग्रेस देवघाट सचीव भरत आचार्य,नेपाली काङ्ग्रेस देवघाट ५ का सभापति सोमनाथ ढकाललगायतको उपस्थिति रहेकोे थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend