थप २२ जनामा कोरोना पुष्टि, ९ जना निको भए

images
  • 83
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    थप २२ जनामा कोरोना पुष्टि, ९ जना निको भए
    images

    काठमाडौं 

    नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    swasthya-mantralaya-1 (1).jpg

    मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १९१ पुगेको छ । हाल नेपालमा १ सय १२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend