देवघाट,
शिरडी साई समाज निधि ललितपुर , डा. सुन्दरमणि दीक्षित परिवारले देवघाटमा रहेको महेश संस्कृत गुरुकुलबाट वि.सं २०८० सालको एस ई ई परीक्षामा सर्वोत्कृष्ट छात्रहरूलाई प्रोत्साहनका निम्ति पुरस्कार गुरुपूर्णिमा महोत्सव एवम् सातौँ गुरुनिर्वाण महोत्सव-२०८१ को प्रथम दिन पुरस्कार अर्पण गरेको छ ।
महेश संस्कृत गुरुकुलले स्थापना कालदेखि निरन्तर रूपमा राष्ट्रिय परीक्षाहरूमा सवोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यस वर्षको एस ई ई परीक्षामा २० जना परीक्षार्थीहरू सहभागी भएर अतिविशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए । दीक्षित परिवारद्वारा निरन्तर रूपमा आश्रमलाई अन्नदान तथा सहयोग प्राप्त भैरहेको थियो ।
यस वर्ष २० जना नै उत्तीर्ण छात्रहरूलाई जनही ५/५ हजार प्रोत्साहन प्रदान गरिएको थियो । पुरस्कार गुरुपूर्णिमा एवं गुरुनिर्वाण महोत्सव-२०८१ को प्रथम दिन गुरुपूजन , आचार्य आराधना एवम् गुरुतत्त्वविमर्शको सन्दर्भमा प्रदान गरिएको थियो । सो कार्यक्रममा गुरुकुलका संरक्षक श्री १००८ स्वामी मधुसुदनान्द गिरि, पीठाधीस श्री १००८ स्वामी रमणानन्द गिरि, गुरुकुलम्का प्रधानाचार्य फणीन्द्र प्रसाद पौडेल , प्रा.डा. गुरुप्रसाद सुवेदी सहप्रा. डा. जगन्नाथ सापकोटा आदि महानुभावहरूको उपस्थिति रहेको थियो।



