चितवनका ४ खेलाडीले मलेशियामा जिते गोल्ड मेडल

images
  • 253
    SHARES
  • श्रावण ७, २०८१ सोमबार
    चितवनका ४  खेलाडीले मलेशियामा जिते गोल्ड मेडल
    images

    चितवन

    मलेशियामा जारी तेक्वान्दो स्पर्धामा चितवनबाट सहभागि भएका ४ जना खेलाडीले नै गोल्ड मेडल ९ प्रथम स्थान हाँसिल गर्न सफल भएका छन। मलेसियाको राजधानी क्वालालम्पुरमा जुलाई १९ देखि सुरू भई जुलाई २१ सम्म चल्ने GEWINN Malaysia Open Taekwondo Championship 2024 मा चितवनका दर्शन बराल, मनिष पौडेल, प्रयाग ढकाल र सुजल कंडेल सहभागी ४ खेलाडीले नै गोल्ड मेडल प्राप्त गर्न सफल भएका हुन।ddbfab55-dd30-4856-8b88-23a5f80a99ca (1).jpeg

    दर्शन बरालले १६ देखि १८ बर्ष उमेर समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जितेका छन । मनिष पौडेलले १४ देखि १५ बर्ष उमेर समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउदै स्वणर्पदक जितेका हुन।816806b8-d4be-470a-8d7b-133e3fa0fc2e.jpeg

    प्रयाग ढकालले ५० के.जि. तौल समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जितेका छन । त्यस्तै सुजल कंडेलले ४५ के. जि. तौल समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जितेका छन। प्रशिक्षक कमल भट्टराईले भने च्याम्पियन ट्रफी प्राप्त गरेका छन । अन्तराष्ट्रिय स्तरको प्रतिस्प्रधामा भाग लिन अरोमा एण्ड लाइफलाइन तेक्वान्दो दोजाङमार्फत उनिहरु मलेसिया पुगेका थिए ।62c16a80-78c3-4b45-be58-82cac94b5648.jpeg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend