देवघाट साउन ७ ।
साउनको पहिलो सोमबार आज पवित्र तीर्थस्थल देवघाटधाममा भक्तजनहरुको उपस्थिति गतवर्ष भन्दा तुलनात्मक रुपमा कमि आएको छ। हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ।तर यो पटक भने भर्खरै सिमलतालमा भएको दु:खद घटनाले पनि आज पहिलो सोमबार देवघाट आउने भक्तजनहरुको कमि देखिएको छ।
देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले नदीको बाहव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । आज दिनभरमा करिब २५ हजार भक्तजन देवघाट आउने अनुमान समितिले गरेको छ । यो तुलनात्मक रुपमा पनि गत वर्ष भन्दा यो वर्ष भक्तजनको आगमन कम भएको समितिले जनाएको छ।

भर्खरै सिमलताल त्रीशुली नदिमा भएको दु:खद घटना,नदिको छेउछाउमा नजान पटकपटक गरिएको सूचना र अविरल वर्षादको कारणले पनि भक्तजनहरुको आगमन कम भएको देवघाट क्षेत्र बिकास समितीका कार्यकारी निर्देशक सदन बरालले बताए।साथै कार्यकारी निर्देशक बरालका अनुसार देवघाटधामको वरिपरि उज्यालो बत्ती,सुरक्षा ब्यबस्थापन मजबुत,सरसफाइ र नदिको बाहवमा अपनाइएको उच्च सतर्कताले गर्दा दोस्रो सोमबार बाट भने भक्तजन बढ्नेमा बिश्वास दिलाएका छन्।
स्थानीय धनबहादुर गुरुङका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेता पनि क्रमशः केही परबाट पनि तीर्थयात्री आउन थाले तर सोचेअनुरुप भक्तजनको आगमन नभए उनको भनाइ छ। देवघाटमा स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वासका साथ सर्वसाधारण आउने गर्दछ। तराईका जिल्लाहरुमा भने साउन १४ गतेबाट मात्र बोलबम मेला शुरुहुने भए पनि देवघाटधाममा भक्तजनहरुको उपस्थिति भने कम देखिएको छ।



