एक वर्षमा सवारी दुर्घटनामा परी बागमत तीन सय चारजनाको मृत्यु

images
  • 190
    SHARES
  • श्रावण ८, २०८१ मंगलबार
    एक वर्षमा सवारी दुर्घटनामा परी बागमत तीन सय चारजनाको मृत्यु
    images

    काठमाण्डौ  –

    आर्थिक वर्ष २०८०/८१ मा बाग्मती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् ।

    उपत्यकाका तीन जिल्लाबाहेक बाग्मतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई गाडीका चालकलाई कारबाही गरी १७ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी क्यामेरा र राडार गनबाट गाडीको गति निगरानी गरेर ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend