त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना

images
  • 256
    SHARES
  • श्रावण ९, २०८१ बुधबार
    त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना
    images

    काठमाण्डाै –

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ ।

    आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ ।

    सशस्त्र प्रहरीले दिएकाे जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएकाे छ । आठ जनाकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend