ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

images
  • 179
    SHARES
  • श्रावण १०, २०८१ बिहीबार
    ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त
    images

     रबिन दाहाल,काठमाडौं

    ग्लोबल इएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०८१ साउन १० गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

    करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend