स्मल हेभन स्कुलको बस जलाएका आरोपित पूर्पक्षका लागि कारागार चलान

images
  • 225
    SHARES
  • श्रावण १०, २०८१ बिहीबार
    स्मल हेभन स्कुलको बस जलाएका आरोपित पूर्पक्षका लागि कारागार चलान
    images

    चितवन, साउन १०

    स्मल हेभन बोर्डिङ स्कुल भरतपुर–५ कल्याणपुरको बसमा आगजनी गरेको आरोपमा पक्राउ परेका भरतपुर–२५ का महेश चौधरी भन्ने विश्वनाथ चौधरी पूर्पक्षका लागि भरतपुर कारागार चलान भएका छन् ।

     
    चितवन जिल्ला अदालतका न्यायधिश डिल्लीराम शर्मा अर्यालको इजलासले चौधरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बुधबार थुनछेक बहसपछि न्यायधिश अर्यालले उक्त आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णु आचार्यले जानकारी दिए ।
    गत वैशाख ३० गते विहान करिव ८ः२५ बजेको समयमा भरतपुर–२० चनौली बजारबाट १ कि.मि.दक्षिणतर्फ दद्रहनी पुलमा बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुल बसमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको थियो ।

    पछि अनुसन्धानको क्रममा भरतपुर–२५, स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विश्वनाथ चौधरीलाई प्रहरीले जेठ ११ गते शोसीबाटै पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले चौधरीविरुद्ध आपराधिक उपद्रव मुद्दा दायर गरेको थियो ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend