पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो

images
  • 186
    SHARES
  • श्रावण ११, २०८१ शुक्रबार
    पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो
    images

    काठमाडौँ, साउन ११

    पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ ।

    सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यलाई स्वास्थ्य अवस्थामा सुधार आएपछि सामान्य वार्डमा सारिएको हो । काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा.मीना थापाका अनुसार अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो ।

    तर, हिजो (बिहीबार) साँझ उनलाई क्याबिनमा सारिएको हो । शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको थापाले जानकारी दिइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend