नेतृत्वकर्ता व्यक्तिगत स्वार्थभन्दा माथि रहनुपर्छ : अध्यक्ष कर्णबहादुर गुरुङ

images
  • 147
    SHARES
  • श्रावण १३, २०८१ आइतबार
    नेतृत्वकर्ता व्यक्तिगत स्वार्थभन्दा माथि रहनुपर्छ : अध्यक्ष कर्णबहादुर गुरुङ
    images

     चितवन

    तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङले सामाजिक संस्था सञ्चालनको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन्।

    शुक्रबार तमू ह्युल छोंज धीं चितवनले आयोजना गरेको डा रेमबहादुर गुरुङको १औं स्मृति दिवसको अवसरमा केन्द्रीय अध्यक्ष गुरुङले नेतृत्वकर्ताले व्यक्तिगत स्वार्थ नत्यागे त्यसले संस्थालाई हानी हुने बताएका हुन्। तमू एकताको लागि डा रेमबहादुर गुरुङले निभाएको भूमिका अतुलनीय रहेको बताए। डा रेमको इतिहास बुझेर नयाँ पुस्ताले काम गर्नुपर्ने उनको भनाइ छ।

    ह्युल छोंज धींका केन्द्रिय सचिव सन्तलाल गुरुङले डा रेमबहादुर गुरुङ देशभरका तमूहरुलाई एकतामा ल्याउने पहिलो व्यक्ति भएकोले उनको योगदानलाई भुल्न नसकिने बताए। अझै पनि एकताको कार्य नसकिएको भन्दै त्यसको जिम्मा नयाँ पुस्ताले लिनुपर्ने बताए। उक्त कार्यक्रमका प्रमुख वक्ता एवम् ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार चन्द्रमान गुरुङले समाज गठनको महत्त्व बुझेको व्यक्तिलाई गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे।

    ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरुङले विगत १४ वर्षदेखि तमू अगुवा रेमबहादुर गुरुङ सम्झनामा सीमत हुँदा समग्र तमू समुदाय अवसरबाट वञ्चित हुन पुगेको बताइन्। कार्यक्रममा ह्युल छोंज धींको माडी नगर अध्यक्ष भरत गुरुङ, बागमती प्रदेश सदस्य नारायणसिंह गुरुङ स् बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङ, केन्द्रीय सल्लाहकार वेलबहादुर गुरुङलगायतले डा रेमबहादुर गुरुङको योगदानको चर्चा गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend