चितवन, साउन १३
चितवनमा करिव एक महिनाअघि ग्याँस लिक भएर लागेको आगलागीमा परेर गम्भिर घाइते भएकी एक महिलाको आज मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–६ बस्ने वर्ष ३१ की चिनुमाया श्रेष्ठको आज साँझ ६ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
गत असार १५ गते दिउँसो १२ः३० बजेको समयमा आफ्नै घरको कोठाभित्र ग्याँसमा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा श्रेष्ठ गम्भिर घाइते भएकी थिइन् । आगलागीबाट श्रेष्ठको शरीरको ५० प्रतिशत भन्दा धेरै जलेको थियो ।



