पोखरा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

images
  • 170
    SHARES
  • श्रावण १४, २०८१ सोमबार
    पोखरा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु
    images

    पोखरा, साउन १४

    पोखरामा भएको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परी आमाछोराको मृत्यु हुँदा २८ जना उपचारत छन्।

    एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं.को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । .

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend