शेयर बजार २० अङ्कले घट्यो

images
  • 177
    SHARES
  • श्रावण १४, २०८१ सोमबार
    शेयर बजार २० अङ्कले घट्यो
    images

    काठमाण्डाै

    हिजो एक सय तीन अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

    खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको शेयर बजार दिनभरको उतारचढावबीच घटेको हो । आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज आरम्भ चौतारी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।आज बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend