डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो

images
  • 91
    SHARES
  • श्रावण १६, २०८१ बुधबार
    डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो
    images

    काठमाडौं, साउन १६

    देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

    जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष ९सन् २०२४०मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend