शेरबहादुर देउवाको ‘पत्नी’ भएकै कारणले सबैले मलाई विभिन्न आरोप लगाएः आरजु राणा

images
  • 128
    SHARES
  • श्रावण १६, २०८१ बुधबार
    शेरबहादुर देउवाको ‘पत्नी’ भएकै कारणले सबैले मलाई विभिन्न आरोप लगाएः आरजु राणा
    images

    काठमाडौं, साउन १६

    परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई शेरबहादुर देउवाको पत्नी भएकै कारण सबैले विभिन्न आरोप लगाएको दुस्खेसो गरेकी छन् ।

    बुधबार त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर विभागको निरीक्षणमा पुगेकी आरजु राणाले पत्रकारमाझ टीकापुर, भुटानी शरणार्थी प्रकरणमा निराधार आरोप लगाएको जिकिर गरिन् । शेरबहादुर देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै उनले राक्षसको कथा सुनाइन् ।

    एउटा राक्षस थियो रे । त्यो राक्षसलाई सबैले मार्न खोज्ने तर राक्षस चाहिँ नमर्ने । राक्षसको नाइटोबाट भमरा उड्ने रैछ । त्यो भमरालाई च्याप्प समातेर किचिक्क पार्‍यो भने चाहिँ राक्षस मर्ने । म चाहिँ शेरबहादुर देउवाको लाइफमा त्यो भमरा हो ।

    मलाई समातेर केही गर्न पायो भने उहाँ (शेरबहादुर)लाई कसरी माइनस गर्ने भन्ने गेम हो । जहाँ जे गरेर खोज्छौ गर । भुटानी शरणार्थी प्रकरणलाई लिएर आफूसँग कुरा गरेको टेपको बारे सम्बन्धित व्यक्तिले मलाई चिन्दिनँ भनेर बयान दिइसकेको अवस्थामा सुनियोजित ढंगले बाहिर ल्याइएको उनले जिकिर गरिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend