१८ वटा देशमा नयाँ राजदूत सिफारिश

images
  • 156
    SHARES
  • श्रावण १६, २०८१ बुधबार
    १८ वटा देशमा नयाँ राजदूत सिफारिश
    images

    काठमाण्डाै

    सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो ।

    पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ ।

    कुन देशमा काे ?

    डा. शंकरप्रसाद शर्मा – भारत
    कान्ता रिजाल – अस्ट्रेलिया
    नरेशविक्रम ढकाल – साउदी अरेबिया
    प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
    प्रा. धनप्रसाद पण्डित – इजरायल
    रामकृष्ण भट्टराई – श्रीलङ्का
    शनिल नेपाल – स्पेन
    डा. शैल रुपाखेती – जर्मनी
    लोकदर्शन रेग्मी – अमेरिका
    चन्द्रकुमार घिमिरे – बेलायत
    डा. शिवमाया तुम्बाहाम्फे – दक्षिण कोरिया
    जङ्गबहादुर चौहान – रुस
    रमेशचन्द्र पौडेल – कतार
    प्रा. डा. कृष्णप्रसाद ओली – चीन
    सुम्निमा तुलाधार – डेनमार्क
    डा. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
    प्रकाशमणि पोखरेल – पोर्चुगल
    रीता धिताल – पाकिस्तान

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend