नयाँ दिल्ली, साउन १७-
भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ ।
केही दिन अघि मात्रै दिल्लीको राजेन्द्र नगर क्षेत्रमा एउटा कोचिङ सेन्टरको बेसमेन्ट रहेको पुस्तकालयमा सडकको पानी भरिएर सोही सेन्टरमा निजामती सेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो ।
सो घटनाको विरोधमा विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । यस विषयमा बुधबार विद्यार्थीहरूले आतिशीसँग भेटघाट पनि गरेका थिए । एजेन्सी



