सरकारी निवासमा पार्टीको बैठक गर्नेछैन: प्रधानमन्त्री ओली

images
  • 133
    SHARES
  • श्रावण १७, २०८१ बिहीबार
    सरकारी निवासमा पार्टीको बैठक गर्नेछैन: प्रधानमन्त्री ओली
    images

    काठमाण्डौ 

    प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । उहाँँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको हो ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।

    आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

    आजको सचिवालय बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गएको असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend