३० युवायुवतीलाई भरतपुरमा सैलुनद्धारा निःशुल्क कपाल काट्ने तालिम

images
  • 178
    SHARES
  • श्रावण १७, २०८१ बिहीबार
    ३० युवायुवतीलाई भरतपुरमा सैलुनद्धारा निःशुल्क कपाल काट्ने तालिम
    images

    चितवन,साउन १७

    यहाँका युवायुवतीलाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो ।

    भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् ।

    ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन् । उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ ।प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताउनुभयो । आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उहाँको भनाइ छ ।

    सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति रु ४० हजार लिईँदै आएको बताउनुभयो । गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

    सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आउनुभएको छ । विदेशका दुःख देखेर युवाहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उहाँको भनाइ छ । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend