आज नेप्सेको २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार

images
  • 157
    SHARES
  • श्रावण १७, २०८१ बिहीबार
    आज  नेप्सेको २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार
    images

    काठमाण्डाै 

    हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच विन्दुमा पुगेको थियो । तर बन्द हुने बेलामा नेप्से पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend